अर्थमन्त्रीको सम्बोधन पछि बढ्न थाल्यो सेयर बजार

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पुँजी बजारका सम्बन्धनमा सम्बोधन गरेपछि नेप्से बढ्न थालेको छ । अर्थमन्त्री शर्माले आज (बुधबार) मन्त्रालयमा पत्रकार सम्मेलन गरेर पुँजी बजारका सम्बन्धमा सम्बोधन गरेका हुन् ।

अर्थमन्त्रीको सम्बोधन सुरु हुनु अघि नेप्से २५५१ विन्दुसम्म ओर्लिएको थियो । अर्थमन्त्रीको सम्बोधन पछि क्रमिक रुपमा नेप्से फर्किन थालेको छ । यो समाचार तयार पार्दासम्म नेप्से फर्किएर २५६४ विन्दुमा आइपुगेको छ ।

पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले पुँजी बजारमा देखिएको समस्या समाधान गर्ने र सर्वसाधारण लगानीकर्ता पूँजी संरक्षण गर्नका लागि अध्ययन अघि बढाइएको जानकारी दिए ।

‘कोभिड महामारीका कारण अर्थतन्त्रमा गहिरो असर परेको अवस्थामा हामी छौं । यो अवस्थामा पुँजी बजारको परिचालन र संचालन कसरी गर्ने भनेर हामीले छिमेकी मुलुकहरुबाट पनि सिक्न जरुरी छ,’ अर्थमन्त्री शर्माले भने, ‘अन्य मुलुकमा पुँजी बजार कसरी चलिरहेको छ भन्ने हेर्न आवश्यक छ ।’

नेपालमा पुँजी बजार विस्तारका लागि आवश्यक पर्ने औजारहरु न्यून प्रयोग भएको विषयमा अर्थमन्त्रीले आफूलाई जानकारी भएको बताए । यसका लागि आवश्यक कदम चाल्न उनले नवनियुक्त सेबोन र नेप्से अध्यक्षलाई निर्देशन दिए ।

पुँजी बजारबाट पुँजी निर्माण कसरी गर्नु पर्छ भन्ने पनि महत्वपूर्ण विषय भएको पनि उनले बताए । नियमक निकायले लगानीकर्तालाई प्रतिफल दिन सक्ने भूमिका खेल्नु पर्ने अर्थमन्त्रीले औंल्याए ।

राष्ट्रिय महत्वका आयोजनामा हुने लगानी पनि पुँजी बजारमा व्यवस्थापन गर्न सकिने पनि उनले बताए ।

नेपालको पुँजी बजार धेरैले बुझि नसकेको अवस्था भए पनि सेयर कारोबारका लागि खाता खोल्ने (डिम्याट) प्रयोगकर्ता ५० लाख भन्दा धेरै भइसकेको अवस्था छ ।

विभिन्न समयमा इनसाइडर ट्रेडिङका घटनाहरु भेटिएका पनि उनले बताए । यस विषयमा छानबिन किमिटिले बनाएको प्रतिवेदन प्राप्त भएको उनले जानकारी दिए । उक्त प्रतिवेदनका आधारमा इनसाइडर ट्रेडिङ गर्नेलाई कारबाही गर्ने पनि उनले प्रतिवद्धता जाहेर गरे ।

‘इनसाइडर ट्रेडिङ गर्ने एउटा व्यक्तिलाई मात्र कारबाही गर्ने कुरा मात्र हैन । यस्तो खालको घटना तथा प्रवित्ती पुन दोहोरिन नदिन पनि आवश्यक छ,’ उनले भने, ‘यसका लागि कारबाही सुरुवात मात्र हो ।’

उनले छरिएको पुँजी एकत्रित गरेर सेयर बजारमा उचितरुपमा लगानी बढाउने वातावरण सिर्जना गर्न समेत सेबोन अध्यक्षलाई सुझाव दिए ।

‘२०७५ सालमा टीएमएस आएको रहेछ तर त्यो प्रविधिमैत्री छैन भन्ने सुनेको छु, त्यसबाहेक एपीआइको विकास अहिलेसम्म भएको पाइएको छैन,’ उनले भने, ‘जसले गर्दा रियल समयमा डाटा नपाएको अवस्था छ ।’

उनले नेप्से र सेबोनबीच आपसी तालमेल नभएको विगतका इतिहास भएकाले अब त्यस्तो समस्या नआओस भन्नेमा ध्यान दिन सुझाव दिए ।

मन्त्रीले शर्माले २र४ जना लगानीकर्ताले सेटिङ गरेर पम्पिङ एण्ड डम्पिङ, इन्साइडर ट्रेडिङ गरेकोदाबी समेत गरे ।

लगानीकर्ताको लगानीको सुरक्षा गर्नु राज्यको चासो रहेकाले सेबोनले यस विषयमा ध्यान दिनुपर्ने सुझाव दिए । उसनले कोरोनाको समयमा अन्य मुलुकमा कसरी सञ्चालन भइरहेको भन्दै त्यो पनि अध्ययन गर्न सुझाव दिए ।

उनले लगानीकर्ताको प्रतिफल बढाउने, पुँजी निर्माण कसरी गर्ने भन्नेमा चिन्ता रहेको बताए ।

उसनले इन्ट्रा डे कारोबार ९आजै किनेर आजै बेच्ने०, सट सेलिङ कसरी गर्ने हो त्यसमा पनि सेबोनको नेतृत्वलाई ध्यान दिन सुझाव दिए ।

बुक बिल्डिङको काम अझै पूरा नभएको भन्दै मन्त्री शर्माले त्यो काम तत्काल शुरु गर्न पनि सुझाव दिए । उनले सेबोन नेतृत्वलाई कति सातामा के काम गर्ने हो टाइम फ्रेम बनाएर काम गर्न समेत सुझाव दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स