हाइड्रो पावरको सेयरमा पहिरो, यस्तो छ कारण

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा भारी गिरावटसँगै हाइड्रो पावरको सेयरमा पहिरो गएको छ । कारोबार साताको दोस्रो दिन नेप्से ४३.१२ अंकले घट्दा हाइड्रो पावरको २ कम्पनीको सेयर मूल्यमा नकारात्क सर्किट लागेको छ ।

आज नेप्सेमा कारोबार भएका २२७ कम्पनीमध्ये १८३ वटा कम्पनीको सेयर मूल्य घटेको छ । सर्वाधिक सेयर मूल्य गुमाउने शीर्ष ७ कम्पनीमा हाइड्रो पावर रहेका छन् ।

तेह्रथुप पावर कम्पनी र सामलिङ पावर कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । तेह्रथुम पावरको सोमबार सेयर मूल्य ७८.८० रुपैयाँले घटेर ७०९.२० रुपैया कायम भएको छ ।

सामलिङ पावरको सेयर मूल्य ७९ रुपैयाँले घटेर ७११ रुपैयाँ कायम भएको छ ।

दिव्यश्वरी हाइड्रोपावर ८.५५ प्रतिशत, मौलुङ खोला जल विद्युत कम्पनी ६.७८ प्रतिशत, न्यदी हाइड्रोपावर ६.६७ प्रतिशत, घलेम्दी हाइड्रो ६.४२ प्रतिशत र शिव श्री हाइड्रोपावर ६.३९ प्रतिशतले घटेको छ ।

संसदबाट एमसीसी अनुमोदन हुने सम्भावना बढेसँगै आइतबारको कारोबारदेखि नै हाइड्रो पावरको सेयर मूल्य घट्न सुरु भइसकेको थियो । आइतबार हाइड्रोपावर उपसमूह ७.७४ अंकले घटेको थियो । भने, आज हाइड्रोपावर उपसमूह १०२.५६ अंकले घटेको छ ।

ठूला लगानीकर्ताहरुले एमसीसी पास भएपछि जलविद्युत परियोजनाका लागि आवश्यक पूर्वाधार तयार हुने भन्दै हाइड्रो पावरको सेयर मूल्य बढाइ रहेका थिए । एमसीसी सम्झौता संसदबाट पारित भएसँगै उक्त फण्डा सकिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स