काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले आयोजना प्रभावितहरुका निष्कासन गरेको आईपीओको म्याद थप गरेको छ । यसअघि कम्पनीले फागुन १६ गतेसम्मका लागि आवेदन दिन सक्ने जनाएकोमा फेरि म्याद थप गरि फागुन २३ गतेसम्ममा आवेदन दिन सकिने जनाएको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुका लागि १०० अंकित मूल्यका ३१ लाख २५ हजार कित्ता साधारण सेयर निष्काशन गरेको हो ।
कम्पनीले ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका १, २ र ३, लिखु गाउँपालिका ९, रामेछापको लिखु तामाकोशी गाउँपालिका १ र २ र उमाकुण्ड गाउँपालिका ७ का बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ।
लगानीकर्ताले न्यूनतम १० कित्ता सयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।