काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) साताको पहिलो दिन ७.७३ अंकले घटेर २,६५३.७० विन्दुमा स्थिर रहेको छ ।
आइतवार २२४ कम्पनीहरुको सेयर ४९ हजार ६७० पटक कारोबार भएको छ । ७० लाख ४० हजार ५६३ कित्ता सेयर खरिदबिक्री भई ३ अर्ब २७ करोड ३० लाख ६५ हजार ९०९ रुपैयाँको कारोबार भएको छ । कारोबारमा ७० कम्पनीको सेयर मूल्य बढ्दा ११७ कम्पनीको सेयर मूल्य घटेको छ ।
नेशनल हाइड्रोपावर कम्पनीको सेयर मूल्य सवभन्दा बढी ४.५३ प्रतिशतले बढेको छ । हिजो उक्त कम्पनीकोे प्रति कित्ता सेयर मूल्य ३५०.१४ रुपैयाँमा कारोबार भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ३६६ रुपैयाँमा खरिदबिक्री भएको छ ।
सपोर्ट माइक्रोफानान्स वित्तीय संस्थाको सेयर मूल्य ३.९६ प्रतिशतले बढेर दाश्रो स्थानमा रहेको छ । हिजो सो संस्थाको प्रति कित्ता सेयर मूल्य १,७६४ रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य १,८३३.९० रुपैयाँमा कारोबार भएको छ ।
फष्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सवभन्दा कम ०.०१ प्रतिशतले बढेको छ । हिजो सो संस्थाको प्रति कित्ता सेयर मूल्य ८०१ रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ८०१.१० रुपैयाँमा कारोबार भएको छ ।