नेप्सेमा तीन कम्पनीको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज ३ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आइतबार कृषि विकास बैंक, सिद्धार्थ बैंक र प्राइम कर्मशियल बैंक गरि कुल ६ करोड ३३ लाख ३३ हजार ९ सय ९५.००४५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

जसअनुसार, कृषि विकास बैंकको २ करोड १९ लाख ७९ हजार ८५९.६०४५ कित्ता, सिद्धार्थ बैंकको १ करोड ५६ लाख २१ हजार २७६.३६ कित्ता र प्राइम कर्मशियल बैकको २ करोड ५७ लाख ३२ हजार ८५९.०४ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

बोनस सेयर डिम्याट खातामा आएपछि लगानीकर्ताले खरीद बिक्रि गर्न सक्ने छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स