७.७३ अंकले घट्यो नेप्से

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य गिरावट देखिएको छ । आइतबार नेप्से ७.७३ अंकले घटेर नेप्से २६५३.७० विन्दुमा आइपुगेको छ । सेन्सेटिभ इन्डेकस ०.७३ अंकले घटेर ५०६.८४ विन्दुमा पुगेको छ ।

आज २२४ कम्पनीको सेयर ४९ हजार ६७० पटक कारोबार भएको छ । ७० लाख ४० हजार ५६३ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब २७ करोड ३० लाख रुपैयाँको कारोबार भएको छ ।

सेयर बजारमा सामान्य गिरावट देखिँदा पनि २ उपसमूह बढेका छन् भने बाँकी घटेका छन् । जल विद्युत र अन्य समूह मात्र बढेका हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स