१८५ कम्पनीको सेयर मूल्य घट्दा पनि आज यी कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) साताको अन्तिम दिन ५८.९९ अंकले घटेर २,६६१.४४ विन्दुमा स्थिर रहेको छ ।

बिहिवार २२९ कम्पनीहरुको सेयर ६५ हजार ११ पटक कारोबार भएको छ । ८४ लाख ९० हजार ६८९ कित्ता सेयर खरिदबिक्री भई ४ अर्ब २९ करोड ३८ लाख ६४ हजार १९१ रुपैयाँको कारोबार भएको छ । कारोबारमा ६ कम्पनीको सेयर मूल्य बढ्दा १८५ कम्पनीको सेयर मूल्य घटेको छ ।

हिमालयन जनरल इन्स्योरेन्सको सेयर मूल्य सवभन्दा बढी ९.९१ प्रतिशतले बढेको छ । हिजो उक्त इन्स्योरेन्सकोे प्रति कित्ता सेयर मूल्य ६९६ रुपैयाँमा कारोबार भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ७६५ रुपैयाँमा खरिदबिक्री भएको छ ।

सनराइज फष्ट म्युचियल फण्डको सेयर मूल्य १.८९ प्रतिशतले बढेर दाश्रो स्थानमा रहेको छ । हिजो सो फण्डको प्रति कित्ता सेयर मूल्य ११.६६ रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ११.८८ रुपैयाँमा कारोबार भएको छ ।

८.७५% प्राइम डिवेञ्चर–२०८५को सेयर मूल्यमा सवभन्दा कम ०.०५ प्रतिशतले बढेको छ । हिजो सो डिवेञ्चरको प्रति कित्ता सेयर मूल्य ८७८.१० रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ८७८.५० रुपैयाँमा कारोबार भएको छ ।

आज सेयर मूल्य बढेका कम्पनीहरुः

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स