राष्ट्र उत्थान लघुवित्तको आईपीओ बाँडफाँड, यसरी हेर्नुस नतिजा

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड भएको छ।

कम्पनीले आज बिहिबार दिउँसो ३ बजे एनआईबिएल एस क्यापिटलको कार्यालयमा सेयर बाँडफाँड गरेको हो । माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट सेयर बाँडफाँड गरिएको छ ।

क्यापिटलका अनुसार कम्पनीको आईपिओमा २५ लाख ८५ हजार २ सय ६१ जनाले आवेदन दिएका थिए । जस मध्ये ५ हजार ८ सय ५९ जनाको आवेदन रद्द भएको छ । योग्य आवेदकको संख्या २५ लाख ७९ हजार ४ सय २ जना कायम भएको र उनीहरुले कुल १ करोड ९४ लाख ६७ हजार २ सय १० कित्ताको लागि आवेदन दिएका छन् ।

गोलाप्रथाबाट ७९ हजार ४ सय ५० जनाले १० कित्ताको दरले पाएका छन् । यस हिसाबमा आवेदन दिएका मध्ये २५ लाख ५ हजार ८ सय ११ जना आवेदक हात खाली भएका छन् ।

कम्पनीले प्रतिकित्ता १०० अङ्कित मूल्यमा आठ करोड ५० लाख मूल्य बराबरको आठ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन ९आइपीओ०को बिक्री खुला गरेको हो ।

कम्पनीले निष्काशन गर्ने साधारण सेयरमध्ये पाँच प्रतिशत अर्थात् ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ ।

जारी पूँजीको शून्य दशमलव पाँच प्रतिशत अर्थात् १३ हजार कित्ता साधारण सेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी रहने सात लाख ९४ हजार ५०० कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्वानपत्रमा उल्लेख छ ।

नतिजा हेर्नको लागि एनआईबिएल एस क्यापिटलको वेबसाइट https://niblcapital.com/, सिडीएससीको मेरोसेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login र सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/बाट हेर्न सकिने छ ।

मेरोसेयरको वेबसाइटबाट आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ । आज साँझसम्ममा आईपिओको नतिजा हेर्न सकिने क्यापिटलले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स