नेष्डो लघुवित्तको आईपीओमा पहिलो दिन मै मागभन्दा १० गुणा बढी आवेदन

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको आईपीओमा पहिलो दिनै माग भन्दा बढी आवेदन परेको छ ।

बुधबार साँझ ५ बजेसम्ममा ६ लाख ७५ हजार ७ सय ६९ जना आवेदकले ८० लाख २७ हजार ३ सय ४० कित्ता सेयरको लागि आवेदन दिएको सिडिएस एण्ड क्लियरिङले जनाएको हो । जुन मागभन्दा १०.४ गुणा बढी हो ।

लघुवित्तको आईपीओमा ६ लाख ५७ हजार ७५ जना आवेदनबाट ७८ करोड ६८ लाख १५ हजार रुपैयाँ बराबरको ७८ लाख ६८ हजार १५० कित्ता सेयरको लागि आवेदन परेको छ ।

लघुवित्तले ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ जारी गरेको हो ।

लघुवित्तले निष्काशन गरेको कुल ८ लाख २८ हजार ७५० कित्ता सेयरमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ७५० कित्ता कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरिएको छ ।

सर्वसाधारणले बाँकी ७ लाख ७४ हजार ५६३ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स