लाइफ इन्स्योरेन्स कर्पोरेशनको लाभांश पारित

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले लाभांश पारित गरेको छ । कम्पनीको सम्पन्न नौं औं वार्षिक साधारण सभाले सेयरधनीलाई वितरण गर्ने २१.०५२ प्रतिशत लाभांश पारित गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षको चुक्ता पुँजीको नाफाबाट २० प्रतिशत बोनस सेयर र १.०५२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

एलआईसीले आ.व.२०७६र७७ मा कूल १,५०,६२९ नयाँ बीमालेखहरु बिक्री गरी प्रथम बीमाशूल्क आम्दानी बापत ३७५२.९७ करोड आर्जन गर्न सफल भएको र उक्त आ.व. को अन्त्यमा ७,६४,३७८ बीमालेखहरूमा सेवा प्रदान गरिरहेको जानकारी दिएको छ ।

२०७७ आषाढ मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोष २४.१७ प्रतिशतले बढेर ६६८४९.६९ मिलियन भएको छ जुन अहिलेसम्मकै उच्च बिन्दु हो । कम्पनीको गत आर्थिक वर्षमा लगानीबाट हुने आम्दानी १६.११ प्रतिशतले बढेको थियो ।

त्यसैगरी साधारण सभाले कम्पनीको केही संस्थापक सेयरधनीहरुको आफ्नो स्वामित्वमा भएको कूल १० प्रतिशत संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा परिवर्तन गरी कम्पनीको संस्थापक सेयर र सर्वसाधारणको अनुपात ७०:३० कायम गर्ने प्रस्तावलाई सर्वसहमतिले पारित गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स