१२८ कम्पनीको सेयर मूल्यसंगै आज यी कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) आज बुधवार १५.५० अंकले घटेर २,७२०.४३ विन्दुमा स्थिर रहेको छ ।

बुधवार २२८ कम्पनीहरुको सेयर ४८ हजार ९११ पटक कारोबार भएको छ । ६२ लाख ४७ हजार ७७४ कित्ता सेयर खरिदबिक्री भई ३ अर्ब १३ करोड १२ लाख १० हजार २८१ रुपैयाँको कारोबार भएको छ । कारोबारमा ५८ कम्पनीको सेयर मूल्य बढ्दा १२८ कम्पनीको सेयर मूल्य घटेको छ ।

१०% प्रभु बैंक डिवेञ्चर–२०८४को सेयर मूल्य सवभन्दा बढी ३.९६ प्रतिशतले घटेको छ । हिजो उक्त डिवेञ्चरको प्रति कित्ता सेयर मूल्य ९९० रुपैयाँमा कारोबार भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ९५०.८० रुपैयाँमा खरिदबिक्री भएको छ ।

नेपाल फाइनान्सको सेयर मूल्य ३.६२ प्रतिशतले घटेर दाश्रो स्थानमा रहेको छ । हिजो सो फाइनान्सकोे प्रति कित्ता सेयर मूल्य ७१४.९० रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ६८९ रुपैयाँमा कारोबार भएको छ ।

सिटिजन इन्भेष्टमेण्ट ट्रसको सेयर मूल्यमा सवभन्दा कम ०.०६ प्रतिशतले घटेकोे छ । सोे ट्रसको हिजोे प्रति कित्ता सेयर मूल्य ३,१९० रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ३,१८८.१० रुपैयाँमा कारोबार भएको छ ।

आज सेयर मूल्य घटेका कम्पनीहरुः

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स