१३१ कम्पनीको सेयर मूल्य बढ्दा पनि आज यी कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) आज साताको तेश्रो दिन (मंगलवार) १७.४२ अंकले बढेर २,७३५.९३ विन्दुमा स्थिर रहेको छ ।

मंगलवार २२८ कम्पनीहरुको सेयर ४८ हजार १९५ पटक कारोबार भएको छ । ६० लाख ८१ हजार ६०२ कित्ता सेयर खरिदबिक्री भई ३ अर्ब २१ करोड २८ लाख ८७ हजार ८२२ रुपैयाँको कारोबार भएको छ । कारोबारमा १३१ कम्पनीको सेयर मूल्य बढ्दा ५० कम्पनीको सेयर मूल्य घटेको छ ।

सिभिल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सवभन्दा बढी १.९६ प्रतिशतले घटेको छ । हिजो उक्त संस्थाको प्रति कित्ता सेयर मूल्य १,०२० रुपैयाँमा कारोबार भएको थियो । आज प्रति कित्ता सेयर मूल्य १,००० रुपैयाँमा खरिदबिक्री भएको छ ।

नेपाल हाइड्रो डेभलेपर्सको सेयर मूल्य १.९६ प्रतिशतले घटेर दाश्रो स्थानमा रहेको छ । हिजो सो डेभलेपर्सको प्रति कित्ता सेयर मूल्य ५६४.९० रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ५५३.८० रुपैयाँमा कारोबार भएको छ ।

नेपाल फाइनान्सको सेयर मूल्यमा सवभन्दा कम ०.०१ प्रतिशतले घटेकोे छ । सोे फाइनान्सको हिजोे प्रति कित्ता सेयर मूल्य ७१५ रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ७१४.९० रुपैयाँमा कारोबार भएको छ ।

आज सेयर मूल्य घटेका कम्पनीहरुः

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स