२२८ कम्पनीको सेयर कारोबार हुँदा आज यी कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) आज साताको तेश्रो दिन (मंगलवार) १७.४२ अंकले बढेर २,७३५.९३ विन्दुमा स्थिर रहेको छ ।

मंगलवार २२८ कम्पनीहरुको सेयर ४८ हजार १९५ पटक कारोबार भएको छ । ६० लाख ८१ हजार ६०२ कित्ता सेयर खरिदबिक्री भई ३ अर्ब २१ करोड २८ लाख ८७ हजार ८२२ रुपैयाँको कारोबार भएको छ । कारोबारमा १३१ कम्पनीको सेयर मूल्य बढ्दा ५० कम्पनीको सेयर मूल्य घटेको छ ।

मैंलङ्ग खोला जलविद्युत कम्पनीको सेयर मूल्य सवभन्दा बढी १० प्रतिशतले बढेको छ । हिजो उक्त कम्पनीको प्रति कित्ता सेयर मूल्य ६२० रुपैयाँमा कारोबार भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ६८२ रुपैयाँमा खरिदबिक्री भएको छ ।

यूनाईटेड आईडी मार्दी आरबी हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर दाश्रो स्थानमा रहेको छ । हिजो सो हाइड्रोपावरको प्रति कित्ता सेयर मूल्य ८३४.९० रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ९१८.३० रुपैयाँमा कारोबार भएको छ ।

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सवभन्दा कम ०.०१ प्रतिशतले बढेको छ । हिजो सो बैंकको प्रति कित्ता सेयर मूल्य १,३९९ रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य १,३९९.२० रुपैयाँमा कारोबार भएको छ ।

आज सेयर मूल्य बढेका कम्पनीहरुः

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स