नेप्सेमा दुई वाणिज्य बैंकसहित ४ कम्पनीको बोनस सेयर सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा दुई वाणिज्य बैंकसहित ४ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।

आज (फागुन १०) गते ग्लोबल आईएमई बैंक, फर्स्ट माइक्रोफाइनान्स, प्रभु बैंक र बुटवल पावर गरि कुल ३ करोड ९० लाख ७५ हजार ४ सय ४६.७९ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

जसअनुसार,ग्लोबल आईएमई बैंकको १० प्रतिशतले हुन आउने २ करोड १६ लाख ३२ हजार ५ सय ३.०३ प्रतिशत बोनस सेयर , प्रभु बैंकको १२ प्रतिशतले हुन आउने १ करोड ३६ लाख १६ हजार ४ सय ६८.७६ कित्ता बोनस सेयर , फर्स्ट माइक्रोफाइनान्सको १० प्रतिशतले हुन आउने ८ लाख ७६ हजार ८ सय १२ कित्ता बोनस सेयर र बुटवल पावरको १० प्रतिशतले हुन आउने २९ लाख ४९ हजार ६ सय ६३ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

बोनस सेयर डिम्याट खातामा आएपछि लगानीकर्ताले खरीद बिक्रि गर्न सक्ने छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स