१७ अंकले बढ्यो नेप्से, २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.४२ अंकले बढेर २७३५.९३ विन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स पनि ४.३६ अंकले बढेर ५२३.१५ विन्दुमा पुगेको छ ।

आज २२८ कम्पनीको सेयर ४८ हजार १९५ पटक कारोबार भएको छ । ६० लाख ८१ हजार ६०२ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब २१ करोड २८ लाख रुपैयाँको कारोबार भएको छ ।

मंगलबार कारोबार भएका १३ उपसमूहमध्ये २ उपसमूहले गिरावटको सामना गरेका छन् । निर्जीबन बीमा उपसमूह १२८.०२ अंकले बढेको छ ।

पुँजी बजार सकारात्मक देखिँदा मैलुङ खोला जलविद्युत कम्पनी र यूनाईटेड आईडीआई मार्दी आरबी हाइड्रोको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स