वैदेशिक रोजगारीमा रहेकालाई आईपीओमा कोटा

काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपालीहरुले आईपीओमा कोटा पाउने भएका हुन् । सरकारले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओमा कोटा छुटाउने तयारी गरेको छ ।

अर्थमन्त्रालय, राष्ट्रिय योजना आयोग र राष्ट्र बैंक प्रमुखहरु वैदेशिक रोजगारीमा गएकाहरुलाई लागि आईपीओमा कोटा छुट्याइने तयारीमा जुटेको स्रोतले जानकारी दिएको छ ।

वैधानिक च्यानलबाट रेमिट्यान्स पठाउनेहरुका लागि कार्यविधि बनाएर कोटा दिन लागिएको हो । यस विषयमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्वनाथ पौडेल, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी लगायतका उच्च सरकारी अधिकृतबीच हिजो (सोमबार) यसै बिषयमा छलफल भएको थियो ।

वैधानिक च्यानलबाट आउने रेमिट्यान्सलाई प्रोत्साहन गर्न ५ प्रतिशत आईपीओ वैदेशिक रोजगारीमा जानेहरुका लागि अनिवार्य गर्ने सहमति भएको हो । यो विषयमा मन्त्रालय, आयोग र राष्ट्र बैंक तीनै कार्यालयका प्रमुखहरु सहमत भएको अर्थमन्त्रालय स्रोतले बताएको छ । जसअनुसार अब हरेक आईपीओमा कोटा छुट्याइनेछ ।

सोमबारको छलफलमा सहभागी योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेल, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र अर्थ सचिव मधु मरासिनी रेमिट्यान्स बढाएर मुलुकको अर्थतन्त्रमा योगदान गर्नेहरुका लागि सुविधा दिन यस्तो व्यवस्था गर्न लागिएको हो । यसका लागि कार्यविधि बनाएर लागू गर्ने सरकारी तयारी छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स