नेप्सेमा ३ वाणिज्य बैंकसहित ४ कम्पनीको बोनस सेयर सूचिकृत

काठमाडौं । नेप्सेमा ३ वाणिज्य बैंकसहित ४ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । आज (फागुन ८) नेपाल बंगलादेश बैंक, लक्ष्मी बैंक, सनराईज बैंक र गुराँस लाइफ इन्स्योरेन्सको बोनस सेयर गरि कुल २ करोड ६७ लाख ५८ हजार ४ सय ७४.४१ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

जसअनुसार, लक्ष्मी बैंकको ८ प्रतिशतले हुन आउने ८५ लाख ५६ हजार ५ सय ५१.८९ कित्ता बोनस सेयर , नेपाल बंगलादेश बैंकको १२ प्रतिशतले हुन आउने १ करोड ८ लाख ५ हजार ७ सय ८५.४३ कित्ता बोनस सेयर, सनराइज बैंकको ६.६५ प्रतिशतले हुन आउने ६३ लाख ९ हजार ४ सय ८३.०९ कित्ता बोनस सेयर र गुराँस लाइफ इन्स्योरेन्सको ५.५००४ प्रतिशतले हुन आउने १० लाख ८६ हजार ६ सय ५४ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

बोनस सेयर डिम्याट खातामा आएपछि लगानीकर्ताले खरीद बिक्रि गर्न सक्ने छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स