आज यी कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) आज साताको पहिलो दिन १.४४ अंकले घटेर २६९३.१० विन्दुमा स्थिर रहेको छ ।

आइतवार २३० कम्पनीहरुको सेयर ५७ हजार ४ पटक कारोबार भएको छ । ७१ लाख २२ हजार २९९ कित्ता सेयर खरिदबिक्री भई ४ अर्ब ८ करोड ६४ लाख ७४ हजार ८२८ रुपैयाँको कारोबार भएको छ । कारोबारमा १७ कम्पनीको सेयर मूल्य बढ्दा १७१ कम्पनीको सेयर मूल्य घटेको छ ।

यूनाईटेड आईडी मार्दी आरबी हाइड्रोपावरको सेयर मूल्य सवभन्दा बढी १० प्रतिशतले बढेको छ । हिजो उक्त हाइड्रोपावरको प्रति कित्ता सेयर मूल्य ६९० रुपैयाँमा कारोबार भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ७५९ रुपैयाँमा खरिदबिक्री भएको छ ।

तेह्रथुम पावरको सेयर मूल्य ८.६४ प्रतिशतले बढेर दाश्रो स्थानमा रहेको छ । हिजो सो पावरको प्रति कित्ता सेयर मूल्य ६२५ रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ६७९ रुपैयाँमा कारोबार भएको छ ।

छ्याङ्दी हाइड्रोपावरको सेयर मूल्यमा सवभन्दा कम ०.०६ प्रतिशतले बढेको छ । हिजो सो हाइड्रोपावरको प्रति कित्ता सेयर मूल्य ४७९.७० रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ४८० रुपैयाँमा कारोबार भएको छ ।

आज सेयर मूल्य बढेका कम्पनीहरुः

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स