मौद्रिक नीतिको अप्रष्ट प्रावधान कारण सेयर बजारमा लगानीकर्ताको आकर्षण देखिएन

काठमाडौं । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा पछिको पहिलो कारोबारमा सेयर बजारमा रौनक देखिएको छ । मौद्रिक नीतिमा सेयर धितो कर्जाको ब्याजदर हेरफेर गरिने बूँदा समावेश गरिएकाले लगानीकर्तामा अन्यौल पैदा भएको छ ।

राष्ट्र बैंकले मौद्रिक नीति कार्यान्वयनका लागि सकुलर जारी नगरेसम्म सेयर धितो कर्जाको ब्याजदर परिवतर्न हुन्छ कि भन्ने आशंका लगानीकर्ता रुपमलिएको देखिन्छ ।

मौद्रिक नीतिमा राखिएको अप्रष्ट प्रावधानका कारण साताको पहिलो दिने नेप्सेमा ३९.४ अंकको गिरावट देखिएको छ । आज नेप्से २६९३.१० विन्दुमा पुगेर कारोबार बन्द भएको छ । क वर्गका कम्पनी मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४.९९ अंकले घटेर ५१३.६४ विन्दुमा आइपुगेको छ ।

आइतबार २३० कम्पनीको सेयर ५७ हजार ४ पटक कारोबार भएको छ । ७१ लाख २२ हजार २९९ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ८ करोड ६४ लाख रुपैयाँको कारोबार भएको छ ।
आज अन्य उपसमूह बाहेक सबै उपसमूह घटेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स