सेबोनका नवनियुक्त अध्यक्ष रमेश हमालले सम्हाले कार्यभार

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षका रुपमा रमेशकुमार हमालले आइतबार पदभार ग्रहण गरेका छन् । शुक्रबार अर्थमन्त्री जनार्द्धन शर्माबाट सपदग्रहण गरेपछि उनले आइतबार पदभार ग्रहण गरेका हुन् ।

करिब ५ महिनादेखि नेतृत्वविहीन रहेको धितोपत्र बोर्डको अध्यक्षमा सरकारले गत बिहीबार हमाललाई नियुक्ति दिएको हो ।

ललितपुरको भैसेपाटीका स्थायीबासी हमालसँग २९ वर्ष सार्वजनिक तथा निजी क्षेत्रमा काम गरेको अनुभव छ । जसमध्ये २० वर्ष उनले सिनियर व्यवस्थापनको जिम्मेवारी निभाइसकेका छन् । उनले १५ वर्ष विदेशमा काम गरेका छन् ।

हमालले थाइल्यान्डमा संयुक्त राष्ट्रसंघ वातावरण कार्यक्रम ९यूएनईपी० को क्षेत्रीय कार्यालयमा कोष व्यवस्थापकको रुपमा काम गरेका थिए । पछि उनले बेलायती लगानी कन्सल्टेन्ट तथा रियल स्टेट डेभलपमेन्ट कम्पनी ग्रिन हेरिटेज ग्रुपमा १५ वर्ष काम गरे । सो कम्पनीमा उनले सन् २००० देखि २०१५ सम्म सिनियर म्यानेजमेन्टदेखि प्रमुख कार्यकारी अधिकृतसम्मको भुमिका निभाएका छन् ।

हाल उनी ओस्टोन एशिया, नेपालको कार्यकारी अध्यक्ष र अन्तर्राष्ट्रिय चेन दुषित थानी रिसोर्ट, नेपालका सञ्चालक हुन् ।

उनी २ कार्यकालका लागि एनआरएन थाइल्यान्डको अध्यक्ष भइसकेका छन् भने थाइ–नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष पनि भइसकेका छन् ।

थाइल्यान्डको एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट इन्टरनेसनल बिजेनस एन्ड फाइनान्समा एमबीए गरेका अध्यक्ष हमालले भारतको रिजनल इन्स्टिच्युट अफ टेक्नोलोजीबाट इलेक्ट्रिकल इन्जिनियरिङ गरेका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स