जीवन विकास लघुवित्तको लाभांश घोषणा,बोनस र नगद कति ?

काठमाडौं । जीवन विकास लघुवित्तले लाभांश घोषणा गरेको छ। कम्पनीको फागुन ७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफा बाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हालको चुक्ता पूँजीको ७० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ३.६८ प्रतिशत नगद लाभांश गरि कुल ७३.६८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी ६० करोड ६४ लाख रहेको छ । ७० प्रतिशत बोनस सेयर वितरण पश्चात लघुवित्तको चुक्ता पूँजी १ अर्ब ३ करोड ४२ लाख ८० हजार रूपैयाँ पुग्नेछ ।

कम्पनीको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स