यस्तो छ नवनियुक्त अध्यक्ष हमालको सेबोन अघि बढाउने भावी रणनीति

धितोपत्र बजारको पारदर्शिता, निष्ष्क्षतामा नियमक निकायले विश्वासनीयता कायम गर्नुपर्छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले दायित्व सहित काम गर्नुपर्छ । यसका लागि केही आधारभूत काम र कूराहरू गर्नुपर्ने हुन्छ । कर्पोरेट सु–शासन वृद्धि गर्ने, सेबोनको आन्तरिक क्षमता वृद्धि गर्नेलगायतका काम गर्नुपर्छ ।

मेरो संस्थालाई एउटा लिगेसी बनाउने चाहना छ । संस्थाको त्यस्तो लिगेसी बनाउने नै हाम्रो लक्ष्य हुनेछ । निगरानी क्षमता बढाउने, साना लगानीकर्तालाई संरक्षण गर्न यी काम गर्नु पर्छ । साना लगानीकर्ताको संरक्षण गर्न सक्यो भने बजार दीगोरुपमा सबल बन्दै जान्छ । सेयर बजार स्थायित्व हुनुपर्छ, हामी सबैले यसको अर्गानिक ग्रोथ खोजिरहेका छौं ।

धितोपत्र बजारमा विविधिकरणको आवश्यकता छ । हाम्रो बजार बैंक तथा वित्तीय क्षेत्रमा केन्द्रीत छ । सबै अण्डा एउटै टोकरीमा राखेको जस्तो भएको छ । एउटा सानो नीतिगत व्यवस्थाले नै बजार पूर्ण रुपमा ध्वस्त हुन सक्ने अवस्था छ । बजार सन्तुलन गर्नका लागि धेरै भन्दा धेरै उपकरणको आवश्यकता पर्छ । बजारको जोखिम, डाइमेन्सन सबैलाई ख्याल पुर्याउनु पर्छ ।

बजारको जुन अस्थिरता (मार्केट भोलाटिलिटी) छ, तलमाथि जाने अथाृत हल्लाको भरमा बजार निर्देशित हुने अर्थात एक–दुईजना पावरफुल प्लेयरको निहित स्वार्थले बजारको मुभमेन्ट हुनु हुँदैन भन्ने हो । यस्तो प्रवृत्तिहरूलाई दुरुत्साहित गर्ने गरी सेबोनले नियामकीय भूमिका खेल्न सक्ने बनाउनु मेरो प्रमुख दायित्व हुनेछ । यसका लागि सेयर बजारका खेलाडीभन्दा नियामक निकाय स्मार्ट हुनु जरुरी छ ।

नेपालको धितोपत्र बजार एउटै प्रकारको इक्विटी (सेयर)मा मात्र प्ले भइरहेको छ । यसमा हेर्नु पर्ने धेरै विषय वस्तु छन् ।
जोखिम व्यवस्थापन उपकरण भएमा हेजिङ, कमोडिटीको मूल्य सन्तुलन राख्ने नीति बनाउन सजिलो हुन्छ । अर्थतन्त्रमा योग्दान पुर्याउने सबै क्षेत्र समेटिनु पर्छ । यसले बजार सन्तुलित रुपमा अघि बढाउन मद्दत गर्छ । साना लगानीकर्तालाई बचाउने काम गर्नुपर्छ ।

अहिले बजार घरघरको चूलोचूलोमा पुगेको छ । यसको अर्थ साना लगानीकर्ता बढेका छन् भन्ने हो । उनीहरूको सुरक्षा गर्नु हाम्रो दायित्व हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स