सकियो ढुंगानाको सेबोनमा पुनरागम, सर्वोच्चले दियो यस्तो आदेश

काठमाडौं । धितो पत्र बोर्डका निलम्बित अध्यक्ष भिष्मराज ढुंगानाको धितोपत्र फर्कने यात्रा सकिएको छ । सरकारले निलम्बन गर्ने निर्णय विरुद्ध सर्वोच्च अदालत पुगेका भिष्मराज ढुंगानाको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
न्यायधीश त्रेय मिरा खड्का, आनन्दमोह भट्टराई र हरिप्रसाद फुयालको संयुक्त इजालसले ढुंगानाको बर्खास्तीको निर्णय रोक्न अन्तरिम आदेश नदिएको हो ।

मंसिर २१ गते सर्वोच्चले ढुंगानाको बर्सास्तीको कारण देखाउन सरकारको नाममा कारण देखाउ आदेश दिएको थियो । त्यसपछि सर्वोच्चको यो फैसला आएको हो ।

ढुंगानाको बाँकी कार्यकालका लागिबोर्डको नेतृत्व सम्हाल्न रमेश हमाल पुगेका छन् । उनलाई आजमात्रै सरकारले बोर्ड अध्यक्षमा नियुक्त गरेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स