सेबोन अध्यक्षमा हमाल नियुक्त, को हुन् उनी ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बिहीबारको बैठकले हमाललाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।

सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएका ढुंगानालाई सकारले बर्खास्त गरेको थियो । ५ महिनादेखि रिक्त रहेको स्थानमा हमाललाई अध्यक्ष बनाइएको हो ।

हमालले सेयर बजार विज्ञ तथा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्ट र कृष्णप्रसाद पोखरेललाई पाखा लगाउँदै बोर्डको अध्यक्षमा नियुक्त भएका हुन् । बोर्डको अध्यक्ष पदका लागि दोस्रोपल्ट मागिएको दाबेदारीमा १५ जनाले आवेदन दिएकामध्ये सिफारित तथा छनौट समितिले ५ जनाको नाम सर्टलिस्ट गरेको थियो । उनीहरुमध्ये कार्ययोजनाको प्रस्तुतीकरणका आधारमा यी ३ को नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो ।

को हुन् हमाल

ललितपुरको भैसेपाटीका स्थायीबासी हमालसँग २९ वर्ष सार्वजनिक तथा निजी क्षेत्रमा काम गरेको अनुभव छ । जसमध्ये २० वर्ष उनले सिनियर व्यवस्थापनको जिम्मेवारी निभाइसकेका छन् । उनले १५ वर्ष विदेशमा काम गरेका छन् ।

हमालले थाइल्यान्डमा संयुक्त राष्ट्रसंघ वातावरण कार्यक्रम ९यूएनईपी० को क्षेत्रीय कार्यालयमा कोष व्यवस्थापकको रुपमा काम गरेका थिए । पछि उनले बेलायती लगानी कन्सल्टेन्ट तथा रियल स्टेट डेभलपमेन्ट कम्पनी ग्रिन हेरिटेज ग्रुपमा १५ वर्ष काम गरे । सो कम्पनीमा उनले सन् २००० देखि २०१५ सम्म सिनियर म्यानेजमेन्टदेखि प्रमुख कार्यकारी अधिकृतसम्मको भुमिका निभाएका छन् ।

हाल उनी ओस्टोन एशिया, नेपालको कार्यकारी अध्यक्ष र अन्तर्राष्ट्रिय चेन दुषित थानी रिसोर्ट, नेपालका सञ्चालक हुन् ।

उनी २ कार्यकालका लागि एनआरएन थाइल्यान्डको अध्यक्ष भइसकेका छन् भने थाइ–नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष पनि भइसकेका छन् ।

थाइल्यान्डको एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट इन्टरनेसनल बिजेनस एन्ड फाइनान्समा एमबीए गरेका अध्यक्ष हमालले भारतको रिजनल इन्स्टिच्युट अफ टेक्नोलोजीबाट इलेक्ट्रिकल इन्जिनियरिङ गरेका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स