आईएमई जनरल इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सले सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ७.३७ प्रतिशत लाभांश वितरण गरिने प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजी ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३७ प्रतिशत नगद लाभांश गरि कुल ७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त प्रस्ताव बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स