आज यी कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) आज साताको अन्तिम दिन १.९३ अंकले घटेर २७३२.५२ विन्दुमा स्थिर रहेको छ ।

बिहिवार २२७ कम्पनीहरुको सेयर ३४ हजार ३४६ पटक कारोबार भएको छ । ४० लाख १७ हजार ४२९ कित्ता सेयर खरिदबिक्री भई २ अर्ब २७ करोड ८१ लाख ७३ हजार ६६० रुपैयाँको कारोबार भएको छ । कारोबारमा ६८ कम्पनीको सेयर मूल्य बढ्दा ११२ कम्पनीको सेयर मूल्य घटेको छ ।

बुद्धभूमी नेपाल हाइड्रोपावरको सेयर मूल्य सवभन्दा बढी ४.०२ प्रतिशतले घटेको छ । हिजो उक्त हाइड्रोपावरकोे प्रति कित्ता सेयर मूल्य ६४६ रुपैयाँमा कारोबार भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ६२० रुपैयाँमा खरिदबिक्री भएको छ ।

११% एनआईसी एशिया डिवेन्चर–०८२।८३ को सेयर मूल्य ३.९० प्रतिशतले घटेर दाश्रो स्थानमा रहेको छ । हिजो सो डिवेन्चरकोे प्रति कित्ता सेयर मूल्य १,०५० रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य १,००९ रुपैयाँमा कारोबार भएको छ ।

गरिमा विकास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सवभन्दा कम ०.०३ प्रतिशतले घटेकोे छ । सोे संस्थाको हिजोे प्रति कित्ता सेयर मूल्य ९९५.३० रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ९९५ रुपैयाँमा कारोबार भएको छ ।

आज सेयर मूल्य घटेका कम्पनीहरुः

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स