सेयर बजारमा सामान्य गिरावट, कारोबार रकम घट्दो

काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा सामान्य गिरावट देखिएको छ । बिहीबार नेप्से १.९३ अंकले घटेर २७३२.५२ विन्दुमा आइपुगेको छ । सेन्सेटिभ इन्डेक्स भने स्थिर देखिएको छ ।

आज २२७ कम्पनीको सेयर ३४ हजार ३४६ पटक कारोबार भएको छ । ४० लाख १७ हजार कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब २७ करोड ८१ लाख रुपैयाँको कारोबार भएको छ ।

आज १३ उपसमूहको कारोबार हुँदा ५ वटा उपसमूह बढेका छन् भने ८ उपसमूह घटेका छन् ।

तेह्रथुप पावर कम्पनी र यूनाईटेड आईडीआई आरबी हाइड्रोपावरको सेयर मूल्य ६ प्रतिशतभन्दा बढीले बढेको छ ।

बृद्धभूमी नेपाल हाइड्रोपावरको सेयर मूल्य ४.०२ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स