नेप्से १९ अंकले घट्दा यी कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) आज बुधवार दिन १९.८४ अंकले घटेर २७३४.४४ विन्दुमा स्थिर रहेको छ ।

बुधवार २३१ कम्पनीहरुको सेयर ३९ हजार ६६८ पटक कारोबार भएको छ । ५६ लाख ५२ हजार १८२ कित्ता सेयर खरिदबिक्री भई ३ अर्ब २ करोड ६३ लाख ३० हजार ७८४ रुपैयाँको कारोबार भएको छ । कारोबारमा ३२ कम्पनीको सेयर मूल्य बढ्दा १५४ कम्पनीको सेयर मूल्य घटेको छ ।

गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सवभन्दा बढी ३.४४ प्रतिशतले बढेको छ । हिजो उक्त संस्थाको प्रति कित्ता सेयर मूल्य १,३१० रुपैयाँमा कारोबार भएको थियो । आज प्रति कित्ता सेयर मूल्य १,३५५ रुपैयाँमा खरिदबिक्री भएको छ ।

ज्योती लाईफ इन्स्योरेन्सको सेयर मूल्य ३.२३ प्रतिशतले बढेर दाश्रो स्थानमा रहेको छ । हिजो सो इन्स्योरेन्सको प्रति कित्ता सेयर मूल्य ६२० रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ६४० रुपैयाँमा कारोबार भएको छ ।

१०.२५% सनराईज बैंक डिवेन्चर–२०८३को सेयर मूल्यमा सवभन्दा कम ०.०४ प्रतिशतले बढेको छ । हिजो सो डिवेन्चरकोे प्रति कित्ता सेयर मूल्य ९८७.६० रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ९८८ रुपैयाँमा कारोबार भएको छ ।

आज सेयर मूल्य बढेका कम्पनीहरुः

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स