एमसीसी टेबल नहुँदा सेयर बजार घट्यो

काठमाडौं । बुधबार सरकारले एमसीसी टेबल गर्ने तयारी गरेसँगै मंगलबार बढेको सेयर बजार आज घटेको छ । संसदमा एमसीसी टेबल नहुँदा बुधबार त्यसको असर सेयर बजारमा देखिएको छ ।

नेप्से १९.८४ अंकले घटेर २७३४.४४ विन्दुमा आईपुगेको छ । बुधबार २३१ कम्पनीको सेयर ३९ हजार ६६८ पटक कारोबार भएको छ । ५६ लाख ५२ हजार १८२ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब २ करोड ६३ लाख रुपैयाँको कारोबार भएको छ ।

आज कारोबार भएका १३ उपसमूह मध्ये २ उपसमूह मात्र बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स