काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज नेप्सेमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको बोनस सेयर सूचीकृत भएको छ ।
बैंकको १० प्रतिशतले हुन आउने ८५ लाख ७२ हजार २३० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
बैंकको उक्त सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा आएपछि मात्रै दोश्रो बजारमा खरिद बिक्रि गर्न मिल्ने छ ।