नेष्डो समृद्व लघुवित्तले फागुन ११ गतेदेखि आईपीओ निष्काशन गर्ने

काठमाडौं । नेष्डो समृद्व लघुवित्तले फागुन ११ गतेदेखि आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रति कित्ता १०० अंकित दरले हुन आउने ८ करोड २८ लाख ७५ हजार बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

लघुवित्तले निष्काशन गर्न लागेको ०.५ प्रतिशत अर्थात् १२ हजार ७ सय ५० कित्ता कम्पनीको कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् ४१ हजार ४ सय ३७ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ ।

त्यसमध्ये, सर्वसाधारणले ७ लाख ७४ हजार ५ सय ६३ कित्ता सेयरको लागि आवेदन दिन सक्ने छन् ।

कम्पनीले सेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।

आइपीओमा छिटोमा फागुन १५ गते र ढिलोमा फागुन २५ गतेसम्म आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सकिने छ ।

हाल कम्पनीको चुक्ता पुँजी १७ करोड २१ लाख रहेकोमा आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी २५ करोड ५० लाख पुग्ने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स