लाभांश र हकप्रद प्रस्ताव गर्न नेशनल हाइड्रोपावरले साधारणसभा डाक्यो

काठमाडौं । नेशनल हाइड्रोपावरले लाभांश र हकप्रद प्रस्ताव गर्न वार्षिक साधारण सभा आह्वान गरेको छ । हाइड्रोपावरले फागुन ३० गते (सोमबार) अनलाइन साधारणसभा आह्वान गरेको हो ।

साधारण सभामा लाभांशसहित हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश हुनेछ ।लाभांश र हकप्रद प्रस्ताव गर्न नेशनल हाइड्रोपावरले साधारणसभा डाक्यो आर्थिक वर्ष २०७७/७८को मुनाफाबाट हाल कायाम चुक्ता पुँजीको १८.५२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.९७५ प्रतिशत नगद लाभांश गरि कुल १९.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ । त्यस्तै कम्पनीले लाभांश वितरणपछि कायम हुने चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको छ ।

त्यस्तै सभामा नेशनल हाइड्रोले सुनकोशी हाइड्रोलाई गाभ्ने प्रस्ताव पनि पेश हुनेछ । सुनकोशी हाइड्रोका १०० कित्ता हुने सेयरधनीलाई नेशनल हाइड्रोको २५ कित्ता सेदिने गरि नेशनल हाइड्रोले सुनकोशी हाइड्रोलाई १ः०.२५ को स्वापमा गाभ्न लागेको हो ।

कम्पनीले साधारणसभाको लागि फागुन १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन १२ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स