नेशनल हाइड्रोपावरको लाभांश प्रस्ताव

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले सेयरधनीहरुलाई पहिलो पटक १९.५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को खुद मुनाफाबाट हाल कायाम चुक्ता पुँजीको १८.५२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.९७५ प्रतिशत नगद लाभांश गरि कुल १९.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले बोनस वितरणपछि कायम चुक्तापूँजीको आधारमा हकप्रद सेयर समेत निष्कासन गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले फागुन ३० गते २५औं वार्षिक साधारण सभा बोलाएको छ । सभा बिहान ११ बजे भर्चुअल माध्यमबाट आयोजना हुनेछ ।

त्यस्तै, सभामा नेशनल हाइड्रोले सुनकोशी हाइड्रोलाई गाभ्ने प्रस्ताव पनि पेश गरेको छ । सुनकोशी हाइड्रोका १०० कित्ता हुने सेयरधनीलाई नेशनल हाइड्रोको २५ कित्ता सेयर दिने गरि नेशनल हाइड्रोले सुनकोशी हाइड्रोलाई १ः०.२५ को स्वापमा गाभ्न लागेको हो ।

साधारण सभा र लाभांश प्रयोजनका लागि कम्पनीले फागुन १३ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा फागुन १२ गतेसम्म कायम सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स