२ महिना भित्रमा सेयर बजारले अल टाइम हाई ब्रेक गर्छः प्राविधिक विश्लेषक विष्णु बस्याल

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले फागुन महिनाका लागि ब्याजदर बढाउँदा त्यसको प्रभाव सेयर बजारमा देखिएको छ । वाणिज्य बैंकहरुले मुद्दति निक्षेपमै ११.०३ प्रतिशत ब्याजदर घोषणा गरेर कार्यान्वयनमा ल्याएको दिन नै सेयर बजारमा सतकीय गिरावट देखिएको छ ।

ब्याजदर बढ्दा सेयर बजारमा केही प्रभावित भए पनि आइतबार लगानीकर्ताहरु बढी आत्तिएर बिक्रीको चाप बढाउँदा एककै दिन ठूलो अंकको गिरावट भएको सेयर बजार प्राविधिक विश्लेषक विष्णुप्रसाद बस्याल बताउँछन् ।

७ सय अंकसम्म बढेको बजारमा साढे ३ सय अंकसम्मको घटाईलाई करेक्सनका रुपमा लिएको बस्याल बताउँछन् ।

‘बैंक तथा वित्तीय संस्थाले निक्षेपमा ब्याजदर बढाउँदा त्यसको प्रभाव सेयर बजारमा देखिएको हो । ब्याज नबढेको भए पनि केही दिन बजार घट्ने सम्भावना नै थियो,’ उनले भने, ‘ब्याज बढ्दा एकै दिन ठूलो अंकमा घटेको हो ।’

यो हप्ताबाटै बजारले आफ्नो बटम प्वाइन छोएर माथि बढ्ने उच्च सम्भावना रहेको उनी बताउँछन् । अझै बजार ५० देखि ७० अंकले तल जाने सम्भावना रहेको उनको भनाई छ । यो पटक बजार २६५० देखि २६३० अंकमा पुगेर सर्पोट प्राप्त हुने उनको बुझाइ छ । २६३० देखि २६५० को बीचबाट बजार फर्कियो भने यसले अबको २ महिना भित्रमा अल टाइम हाईको रेकर्ड ब्रेक गर्ने उनी बताउँछन् ।

सेयर बजार ३२ सय विन्दुमा पुग्दा २२८१ को सर्पोटबाट फर्किएको थियो । उक्त सर्पोटबाट बजार २९३६ अंकमा आएको थियो । अहिलेको सर्पोट २६५० देखि २६३० मा देखिएको उनी बताउँछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स