आजबाट खुल्यो ग्रीन भेन्चर्सको आईपिओ

काठमाडौं । आज (फागुन २ गते) देखि ग्रीन भेन्चर्स लिमिटेडको साधारण सेयर आईपिओ बिकी खुला गरेको छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुका लागि १०० अंकित मूल्यका ३१ लाख २५ हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका १, २ र ३, लिखु गाउँपालिका ९, रामेछापको लिखु तामाकोशी गाउँपालिका १ र २ र उमाकुण्ड गाउँपालिका ७ का बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ।

आइपीओ निष्कासन फागुन २ गते निष्कासन भई छिटोमा फागुन १६ र ढिलोमा चैत १ गते बन्द हुनेछ ।

लगानीकर्ताले न्यूनतम १० कित्ता सयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स