जाल्पा सामुदायिक लघुवित्तको आईपीओ बाँडफाँड, यसरी हेर्नुस् नतिजा

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्तले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक प्रभु क्यापिटलले आज (आइतबार) बालुवाटारस्थित टाइम्स स्क्वायर रेस्टुरेन्टमा आईपिओ बाँडफाँड गरेको हो ।

आईपीओमा कुल २७ लाख ९ हजार ८ सय ५५ जनाको आवेदन परेकोमा २५ लाख ९१ हजार ७ सय २ जना आवेदकको आवेदन मात्र प्रमाणित भएको छ ।

प्रमाणित आवेदन मध्ये २५ लाख ८७ हजार ४ सय १२ जना मात्र योग्य आवेदक रहेको क्यापिटलले जनाएको छ । २५ लाख ८७ हजार ४ सय १२ जना योग्य आवेदकलाई गोलाप्रथाबाट सेयर बाँडफाँड गरिएको छ । जस मध्ये ४८ हजार ७ सय ९० जनाले मात्र १० कित्ताको दरले सेयर पाएका छन् । यस हिसाबमा आवेदन दिएका मध्ये २६ लाख ६१ हजार ६५ जना आवेदक हात खाली भएका छन् ।

माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट सेयर बाँडफाँड गरिएको हो ।

कम्पनीले माघ २१ गतेदेखि प्रति कित्ता १०० सय रुपैयाँ अंकित दरका ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता सेयर निष्काशन गरेको हो । जस मध्ये ८ हजार कित्ता शेयर कम्पनीको कर्माचारीहरुको लागि छुट्याईएको थियो भने २६ हजार १ सय कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो । बाँकि रहेको ४ लाख ८७ हजार ९ सय कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।

आईपीओ नतिजा यसरी हेर्नुहोस्

कम्पनीको आईपीओको नतिजा प्रकाशन भएपछि विभिन्न ४  तरिकाबाट आईपीओको नतिजा हेर्न सकिने छ ।  जस अनुसार कम्पनीको वेबसाइट http://jalpamf.com/,  बिकी प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट https://www.prabhucapital.com/, सिडीएससीको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login  र सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।

मेरोशेयरको वेबसाइटबाट आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स