जाल्पा सामुदायिक लघुवित्तको आईपीओ आज बाँडफाँड हुने

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्तको आईपीओ आज बाँडफाँड हुने भएको छ । लघुवित्तले निष्काशन गरेको आईपिओ को प्रि-अलटमेन्ट शुक्रबार सम्पन्न भएको थियो ।

कम्पनीले आज साँझ ५ बजे बालुवाटार स्थित टाइम्स स्क्वायर रेस्टुरेन्टमा आईपीओ बाँडफाँड गर्न लागेको हो ।

कम्पनीको आईपिओमा आवेदन दिने अन्तिम साँझ ५ बजेसम्ममा २६ लाख ५९ हजार ५ सय ४० जना आवेदकले ३ करोड २५ लाख २० हजार ५ सय ८० कित्ताको लागि आवेदन दिएका छन् ।

कम्पनीले माघ २१ गतेदेखि प्रति कित्ता १०० सय रुपैयाँ अंकित दरका ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता सेयर निष्काशन गरेको हो ।

जस मध्ये ८ हजार कित्ता सेयर कम्पनीको कर्माचारीहरुको लागि छुट्याईएको छ भने २६ हजार १ सय कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ ।

बाँकी रहेको ४ लाख ८७ हजार ९ सय कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।

माग भन्दा बढीको आवेदन परेकोले यस कम्पनीको आईपिओ गोलाप्रथाबाट वितरण हुनेछ । जस अनुसार ४८ हजार ७ सय ९० जना आवेदकले मात्र १० कित्ताको दरले सेयर पाउने छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स