इमर्जिंग नेपालको आईपीओमा ४०.५८ गुणा बढी आवेदन

काठमाडौं । इमर्जिंग नेपाल लिमिटेडको आईपीओमा करिब १८ लाख बढीको आवेदन परेको छ ।

शुक्रबार साँझ ५ः१३ बजेसम्ममा कम्पनीको आईपीओमा १८ लाख २ हजार १८२ जना आवेदकले दुई अर्ब ९ करोड ६९ लाख १९ हजार रुपैयाँ बराबरको २ करोड ९ लाख ६९ हजार १९० कित्ता सेयरको लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिंगले जनाएको छ ।

यो सर्वसाधारणलाई छुट्टाएको ५ लाख १६ हजार ७०८ कित्ता सेयरको ४०.५८ गुणा बढी हो ।

कम्पनीले प्रतिकित्ता १०० अङ्कित मूल्यमा पाँच करोड ५५ लाख ६० हजार बराबरको पाँच लाख ५५ हजार ६०० कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गरेको हो ।

कम्पनीले निष्काशन गर्ने साधारण सेयरमध्ये पाँच प्रतिशत अर्थात् २७ हजार ७८० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ भने दुई प्रतिशत अर्थात् ११ हजार ११२ कित्ता साधारण सेयर कर्मचारीको लागि सुरक्षित गरी बाँकी रहने पाँच लाख १६ हजार ७०८ कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्वानपत्रमा उल्लेख छ ।

निष्काशित सेयरमा सर्वसाधारणले आगामी फागुन १ गतेसम्ममा न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् ।

तोकिएको अवधिसम्म मागबमोजिम आवेदन नआए फागुन ११ गतेसम्म सेयर निष्काशन खुला रहने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स