शिवम् सिमेन्ट्सको नाफा साढे २७ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । शिवम् सिमेन्ट्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ४२ करोड ७३ लाख ३५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.५३ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५८ करोड ९६ लाख ७२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले बिक्री आम्दानी र कुल आम्दानी बढेपनि खर्चहरु बढेसँगै कम्पनीको खुद नाफा घट्न पुगेको हो । समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ८.१६ प्रतिशत बढेको छ । कम्पनीको कुल आम्दानी ७.५९ प्रतिशत बढेको छ । उद्योगका कुल खर्च भने समीक्षा अवधिमा १४.५४ प्रतिशत बढेको छ ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २६ रुपैयाँ ८० पैसाबाट ७ रुपैयाँ ३८ पैसा घटेर १९ रुपैयाँ ६० पैसामा झरेको छ । पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ७७.६० गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २०३ रुपैयाँ ५९ पैसा रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स