नाफा सवा ४६ करोड बढेको हिमालयन डिष्टिलरीको प्रतिसेयर आम्दानी भने घट्यो

काठमाडौं । हिमालयन डिष्टिलरीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले ४६ करोड २७ लाख २८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.३७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३९ करोड ७६ लाख ४८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्म सञ्चालन आम्दानी बढेसँगै कम्पनीको खुद नाफा बढेको हो । समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी २२.१३ प्रतिशत बढेको छ । त्यसैगरी, कम्पनीको कुल नाफा ११.९६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १४.५२ प्रतिशत बढेको छ ।

नाफा बढेपनि कम्पनीको प्रतिसेयर आम्दानी भने सामान्य घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ९१ रुपैयाँ ६६ पैसाबाट ३० रुपैयाँ ७१ पैसा घटेर ६० रुपैयाँ ९५ पैसामा झरेको छ । ७५ प्रतिशत बोनस वितरणका कारण कम्पनीको यस्तो आम्दानी घट्न पुगेको हो ।

पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ७३.६१ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ २० पैसा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स