लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ९.५२३८१ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.४७६१९ प्रतिशत नगद गरि कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब १९ करोड ८८ लाख ९० हजारको १० प्रतिशतले हुन आउने ११ करोड ९८ लाख ८९ हजार लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त प्रस्ताव बीमा समितिले स्वीकृत दिएपछि र कम्पनीको साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स