काठमाडौं । साताको चौथो दिन सेयर बजारमा गिरावट आएको छ ।
बुधबार नेप्से २२.११ अंकले घटेर २८१३.४७ अंक विन्दुमा आइपुगेको छ ।
आज ६५ लाख २० हजारको कित्ता सेयर ३ अर्ब ४७ करोडमा खरिद बिक्रि भएको छ ।
त्यस्तै, आज उपसमूहतर्फ सबैमा राताम्मै देखिएको छ ।
आज २० वटा कम्पनीको सेयर मूल्य बढ्दा १६५ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।