आरम्भ चौतारी लघुवित्तको लाभांश घोषणा

काठमाडौं । आरम्भ चौतारी लघुवित्तले सेयरधनीहरुको लागि लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २१ प्रतिशत बोनस वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७७/०७८ सम्मको संचित मुनाफाबाट सेयरधनीहरुलाई २०७८ आषाढ मसान्तको चुक्ता पूँजी २८ करोड ६७ लाख ६३ हजार को २१ प्रतिशतले हुन आउने बोनस सेयर ६ करोड २ लाख व्तिरण गर्ने प्रस्ताव गरेको हो।

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स