जाल्पा सामुदायिक लघुवित्तको आईपीओ भर्ने ६७ जनामध्ये एक जनाले पाउने

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओमा साढे २६ लाख भन्दा बढीको आवेदन परेको छ ।

मंगलबार साँझ ५ बजेसम्ममा २६ लाख ५९ हजार ५४० जना आवेदक बाट ३ अर्ब २५ करोड २० लाख ५८ हजार रुपैयाँ बराबरको ३ करोड २५ लाख २० हजार ५८० कित्ता सेयरको लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङ हाउसले जानकारी दिएको छ ।

यो सर्वसाधारणलाई छुट्टाएको ४ लाख ८७ हजार ९०० कित्ताको ६६.६५ गुणाले बढी हो । आईपीओ भर्नेको संख्या उच्च हुँदा ६७ जनामध्ये एक जनाले मात्र आईपीओ प्राप्त गर्नेछन् ।

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओ भर्ने आज माघ २५ गते अन्तिम दिन हो । लघुवित्तले माघ २१ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो ।

लघुवित्तले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गरेको थियो ।

लघुवित्तले निष्काशन गरेको कुल ५ लाख २२ हजार कित्ता सेयरमध्ये ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीहरूलाई र सर्वसाधारणलाई छुट्याइएको सेयरमध्येको ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ ।

सर्वसाधारणले बाँकी ४ लाख ८७ हजार ९०० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

सर्वसाधारणले भने न्यूनतम १० कित्तादेखि ५ हजार २२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स