निर्वाचनको मिती तय हुँदा ठूला लगानीकर्ता पर्ख र हेरको अवस्थामा, ट्रेडरले नाफा बुक गर्दा पुँजी बजार करेक्सनमा

काठमाडौं । निर्वाचनको मिती घोषणा भएपछिको पहिलो कारोबारमा सेयर बजारमा सामान्य करेक्सन देखिएको छ । निर्वाचनको मिती घोषणा भएसँगै सेयर बजार बढ्ने धेरैको अनुमान विपरित आज (मंगलबार) बजार घटेको हो ।

निर्वाचनको मिती तय भएसँगै सरकारले विकास खर्चलाई तीब्रता दिने र बजारमा तरलता सहज हुने भन्दै धेरैले सेयर बजार बढ्ने अनुमान गरेका थिए । तर निर्वाचनको मिती तोकिए पनि अझै केही समय तरलता सहज हुने सम्भावना नरहेको एक लगानीकर्ता बताउँछन् ।

‘बैंक तथा वित्तीय संस्था अझै पनि तरलातको अभावसँग जुझि रहेका छन् । निर्वाचन घोषणा हुने वित्तीकै बजारमा पैसाको बाढी आउँदैन । निर्वाचनका लागि आचारसंहिता पनि लागु भइसकेको छ । सरकारले आचारसंहिता भित्र रहेर खर्च गर्नु पर्ने हुन्छ ।’

तत्काल तरलता सहज रुपमा प्रवाह नहुने बुझेका ट्रेडरले नाफा बुक गर्दा आज सेयर बजारमा करेक्सन देखिएको ती लगानीकर्ता बताउँछन् । नाफा बुक गर्न ट्रेडरहरुले आज प्रि ओपनिङमा २६ अंकले बजार बढाएका थिए । अन्तत बजार १६.३ अंकले घटेर कारोबार बन्द हुन पुगेको छ ।

जसले गर्दा सुरुवाती समयमा बजार बढ्छ कि भन्ने भ्रममा नयाँ र साना लगानीकर्ता रहेका थिए । ट्रेडरहरुले आफ्नो नाफा बुक हुने देख्ने वित्तीकै खरिदको तुलनामा बिक्रीमा दवाव दिँदा बजार घटेको उनको दावी छ । आज बजार बढेको भए भोलि पनि बजार बढ्ने सम्भावना रहन्थ्यो । बजार बढ्ने आशमा नयाँ तथा कम अनुभवी लगानीकर्ताको कारण बजार अझै केही दिन माथि जान्थ्यो । तर, ट्रेडरहरुले आजै नाफा बुक गर्दा नयाँ तथा कम अनुभवी लगानीकर्ता डुब्नबाट बचेको उनको बुझाइ छ ।

आजको करेक्सनका कारण दीर्घकालिन लगानीकर्ता अझै पनि पर्ख र हेरको अवस्थामा आएका छन् । अबको केही दिन बजारमा सामान्य गिरावट कायम रहयो भने बजार थप बजबुत भएर माथि जाने सम्भावना रहन्छ । ठूला लगानीकर्ता बजार अझै घट्ने आशमा रहेका छन् । सेयर मूल्य केही सस्तो भए पछि ठूला लगानीकर्ताले पुन खरिद चाप बढाउने छन् । त्यसपछि भने बजार बढ्ने उनको दावी छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स