नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा,बोनस र नगद कति ?

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । कम्पनीको माघ २१ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

इन्स्योरेन्सले चुक्ता पुँजीको १४ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव बीमा समिति र नेपाल लाइफको वार्षिक साधारणसभाले पारित गरेपश्चात सेयरधनीहरुमा लाभांश वितरण हुनेछ।

हाल इन्स्योरेन्सको चुक्ता पुँजी ७ अर्ब १९ करोड रुपैयाँ छ । प्रस्तावित १४ प्रतिशत बोनस सेयर पछि इन्स्योरेन्सको चुक्ता पुँजी १० अर्ब रुपैयाँ नाघ्ने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स