स्थानीय चुनाव हुने भएपछि नेप्सेमा सुधार, १ खर्ब ३६ अर्ब बजार पुँजीकरण

काठमाडौं । आगामी जेठ भित्रै स्थानीय तहको निर्वाचन गर्ने सत्तारुढ दल सहमत भएको भएपछि साताको पहिलो दिन नेप्से परिसूचक १०५ दशमलव ५५ अंकले बढेको थियो । साताभरिमा भने नेप्से परिसूचक ९६.७६ अंकले बढेको छ । गत साताको अन्तिम कारोबार दिन २७.७९ दशमलव ९८ विन्दुमा रहेको नेप्से परिसूचक यो साता २८७६.७४ विन्दुमा बन्द भएको हो ।

दोस्रो दिन १३.४८ अंकले घटेको नेप्से परिसूचक तेस्रो दिन १९.२९ अंकले बढेको थियो । चौथो दिन सार्वजनिक विदाका कारण बन्द भएको बजार अन्तिम कारोबार दिन १४.६० अंकले घटेर बन्द भएको हो ।

यो साता चार दिनमात्रै कारोबार भएकाले कारोबार रकम र कित्तामा भने कमि आएको छ । गत साता पाँच कारोबार दिनमा २८ अर्ब ९७ करोड १२ लाख ६१ हजार रुपैयाँ बराबरको ५ करोड ७५ लाख ८६ हजार ६९२ कित्ता सेयर कारोबार भएकोमा यो साता २६ अर्ब ६६ करोड ५४ लाख ६८ हजार रुपैयाँ बराबरको ५ करोड २ लाख ९ हजार ४१९ कित्ता सेयर कारोबार भएको हो ।

यो साता ठूला कम्पनीहरूको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स २०.९३ अंकले बढेर ५३९.६५ विन्दुमा पुगेको छ । गत साता सेन्सेटिभ इन्डेक्स ५१८.७२ विन्दुमा थियो ।

गत साताभन्दा यो साता २ अर्ब ३० करोड ५७ लाख ९३ हजार बराबरको ७३ लाख ७७ हजार २७३ कित्ता कम सेयर कारोबार भएको हो । नेप्से परिसूचक उकालो लागेको यो साता कुल बजार पुँजीकरण १ खर्ब ३६ अर्ब ७३ करोड ८४ लाख रुपैयाँले वृद्धि भएको छ । गत साता ३९ खर्ब २८ अर्ब ६३ करोड ४२ लाख रहेको कुल बजार पुँजीकरण यो साता ४० खर्ब ६५ अर्ब ३७ करोड २६ लाख रुपैयाँ पुगेको हो ।

धितोपत्र बजार उच्च विन्दुबाट घटेर पुनः उकालो लागेको अवस्थामा आगामी चुनावी माहोलकाबीच बजारले ऐतिहासिक रेकर्ड कायम गर्ने विश्वासमा कारोबार रकम बढ्दै गएको सम्बन्ध क्षेत्रका विज्ञहरूले बताउँछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स