एशियन लाईफ इन्स्योरेन्सको लाभांश पारित

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सको आफ्नै भवनमा १३ औं वार्षिक साधारण सभा भच्र्युअल माध्यमबाट सम्पन्न गरेको छ । सभाले २५ प्रतिशत बोनस र दुई प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७६/७७ चुक्ता पूँजीको २५ प्रतिशतका बोनस सेयर र २ प्रतिशत नगद लाभांश (बोनस सेयरको कर प्रयोजनको लागी) वितरण गर्ने संचालक समितिको प्रस्ताव पारित गरेको छ ।

२०६४ साल चैत्र २१ गतेदेखि कारोबार संचालन गरेको यस कम्पनीको २०७८ साल पौष मसान्त सम्ममा ३० अर्ब जीवन बीमा कोष र करिब ३० अर्ब लगानी तथा कर्जा रहेकोे छ ।

त्यसैगरी कम्पनीले आ.व. २०७८/७९ को पौष मसान्तसम्ममा कूल १ अर्ब ६ करोड २४ लाख प्रथम बीमाशुल्क र ३ अर्ब ४६ करोड ४२ लाख रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स