नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा कृष्णबहादुर कार्की नियुक्त

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कृष्णबहादुर कार्की नियुक्त भएका छन् । १७ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीाई सीईओ नियुक्त गरेको हो ।

छनोट समितिले कार्की, रमेश भण्डारी र केशव श्रेष्ठको नाम सिफारिस गरेर मन्त्रीपरषदमा पठाएको थियो । छनोट समितिले यस अघि तीन जनाको नाम संक्षिप्त सूची सर्टलिस्ट गरेर मन्त्रिपरिषद्मा पठाएको थियो । यसअघि ११ आवेदकहरुबाट ५ जनाको नाम सर्टलिस्ट गरिएको थियो ।

नेप्सेका तत्कालीन सीईओ चन्द्रसिंह साउदले बुक बिल्डङ प्रक्रियाबाट पहिलो पटक साधारण सेयर निषकाशन गर्न लागेको सर्वोमत सिमेन्टको सेयर खरीद प्रकरणमा मुछिएपछि पदबाट राजीनामा दिएका थिए । साउदले राजीनामा दिएको लामो समयसम्म सीईओ नियुक्ति प्रक्रिया अघि बढ्न सकेको थिएन ।

कार्की हाल बुढीगण्डकी जलविद्युत आयोजना वातावरण, मुआब्जा, पुनर्बास तथा पुनस्र्थापना इकाइका प्रमुख छन् । सीईओ नियुक्त भएपछि उनले अब आयोजनाबाट राजीनामा दिने बताएका छन् ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स