फरवार्ड माइक्रोफाइनान्सले भ्रमपूर्ण वित्तीय विवरण सच्चायो

काठमाडौं । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाले भ्रम पूर्ण वित्तीय विवरण सच्चाएको छ । माइक्रोफाइनान्सले बोनस सेयरपश्चात वृद्धि हुने पुँजी नबढाई वित्तीय विवरण सार्वजनिक गरेको थियो । लघुवित्तले पुरानै चुक्तापुँजी राखेर वित्तीय विवतरण दखाउँदा प्रतिसेयर आम्दानी १५० रुपैयाँ रुपैयाँ देखिएको छ ।

कम्पनीले आफ्नो गल्ती स्वीकार गर्दै बोनस जोडर चुक्ता पुँजी कायम गरेको छ ।

नयाँ विवरणअनुसार लघुवित्तको प्रतिसेयर आम्दानी १ सय ८ रूपैयाँ ५० पैसा कायम भएको छ । यसअघि कम्पनीले प्रतिसेयर आम्दानी १ सय ४६ रूपैयाँ ४७ पैसा देखाएको थियो ।

कम्पनीले पुस २० गतेको वार्षिक साधारणसभामार्फत् ३५ प्रतिशत लाभांश पारित गरिसकेको छ । लघुवित्तको यसअघिको चुक्तापुँजी ६२ करोड ५५ लाख १९ हजार रुपैयाँ बढेर ८४ करोड ४४ लाख ५० हजार रुपैयाँ पुग्नुपर्ने भएपनि ब्यालेन्स सिटमा पुरानै चुक्तापुँजी देखाइएको थियो ।

पहिलो त्रैमास अन्त्यसम्म यस्तो ईपीएस ५६ रुपैयाँ ६७ पैसामात्र रहेकामा अस्वभाविक रूपमा ३ गुणाले बढेको थियो ।

नयाँ वित्तीय विवरणअनुसार लघुवित्तले चुक्तापुँजी ८४ करोड ४४ लाख ५० हजार रूपैयाँ नै देखाएको छ ।

चुक्तापुँजी सच्याएपछि बैंकको प्रतिसेयर नेटवर्थ २ सय ७७ रूपैयाँ ६४ पैसा र मूल्य आम्दानी अनुपात २०।१४ कायम भएको छ । यसअघि बैंकले यी दुई सूचकांक क्रमशः ३ सय ७४ रूपैयाँ ८२ पैसा र १४।९२ देखाएको थियो ।

यसबाहेक लघुवित्तको खुद ब्याज आम्दानी गत आवको पुस मसान्तको तुलनामा साढे १३ करोड रुपैयाँले बढेर ७३ करोड ८२ लाख रुपैयाँ पुग्दा खुद मुनाफा साढे २२ करोड रुपैयाँबाट ४५ करोड ८० लाख रुपैयाँ पुगेको छ ।

फर्वार्डले आफ्नो संस्थापक सेयर सर्वसाधारणमा परिणत गर्ने तयारी गरेको छ । त्यसैले बदमासी गरेको जानकारको बुझाई छ ।

गत आवको पुस मसान्तसम्म कम्पनीको ईपीएस ८९ रुपैयाँ ९३ पैसा थियो । गत आवको असार मसान्तसम्म ९१ रुपैयाँ ८७ पैसा रहेको कम्पनीको ईपीएस करिब डेढ सय रुपैयाँ कायम गरेर लगानीकर्ता झुक्याउने प्रयास गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स